Like us!
Follow us!
Connect us!
Watch us!

सान्भि इनर्जीको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १५ : ३५ मा प्रकाशित

सान्भि इनर्जीको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम म्याद भोलि जेठ १३ गतेसम्म रहेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो। तीमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयवासीका लागि, र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर निष्कासन र बाँडफाँड गरिसकिएको छ।

बाँकी २६ लाख १९ हजार कित्ता मध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि, ५८ हजार २०० कित्ता कर्मचारीका लागि सुरक्षित राखी, बाँकी २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको