सान्भि इनर्जी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमा अत्यधिक माग देखिएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, आइपीओको अन्तिम दिन अर्थात् जेठ १३ गते बिहान १०:०७ बजेसम्ममा १९ लाख २ हजार १८१ जनाले कुल २ करोड ३४ लाख ४८ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन्। यो माग कम्पनीले सर्वसाधारणका लागि खुला गरेको सेयर संख्याको करिब ९.७ गुणा बढी हो।
कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १२४ लाख १५ हजार ३०० कित्ता निष्काशन गरेको हो। यो आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ। सर्वसाधारणले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि ८ लाख ८० हजार कित्ता (८ करोड ८० लाख रुपैयाँ बराबर) र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार कित्ता सेयर निष्कासन गरिसकेको छ। आवेदन सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरोसेयर’ प्रणालीमार्फत गर्न सकिने व्यवस्था थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस