Like us!
Follow us!
Connect us!
Watch us!

कहिले हुन्छ सान्भि इनर्जीको आइपीओ बाँडफाँट ?

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १५ : २७ मा प्रकाशित

कहिले हुन्छ सान्भि इनर्जीको आइपीओ बाँडफाँट ?

सान्भि इनर्जी लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार अझै केही प्रक्रिया बाँकी रहेकाले अर्को साता मात्रै बाँडफाँट हुने भएको हो । 

कम्पनीको आइपीओमा अन्तिमदिनसम्म २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा आवेदन १०.७१ गुणा बढी हो ।

कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।

 अब यो  आइपीओ गोलाप्रथामार्फत मात्रै बाँडफाँट हुनेछ र करिब २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर पाउनेछन्। बाँकी १८ लाख ६६ हजार ७०२ जनाको हात भने खाली हुनेछ। केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको