Like us!
Follow us!
Connect us!
Watch us!

सान्भी इनर्जीको आइपीओ शुक्रबारबाट सर्वसाधारणका लागि खुला

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १३ : २२ मा प्रकाशित

सान्भी इनर्जीको आइपीओ शुक्रबारबाट सर्वसाधारणका लागि खुला

सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि यहि  जेठ ९ गते शुक्रबारबाट आईपीओ  खुला गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

दोस्रो चरणमा, कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर जारी गर्दैछ, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर हुनेछ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूमा सम्पर्क गर्न सकिनेछ। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिन्छ।

यो आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको