सान्भी इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले निष्कासन आजै बन्द हुने भएको हो।
सान्भी इनर्जीले १०० रुपैयाँ अंकित दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर जारी गर्दैछ। यद्यपि, नेपाल धितोपत्र बोर्डको नियम अनुसार मागभन्दा बढी आवेदन परिसकेपछि आईपीओ छिटोमा बन्द गर्न पाइने व्यवस्था अनुसार आजै निष्कासन बन्द गर्न लागिएको हो।
के कस्तो छ आईपीओ?
न्यूनतम आवेदन: १० कित्ता
अधिकतम आवेदन: २०,००० कित्ता
बिक्री प्रबन्धक: नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड
सेयर मूल्य: रू. १०० प्रति कित्ता
पोर्टल: मेरोसेयर वा C-ASBA सदस्य बैंकमार्फत आवेदन
लगानीकर्ता आकर्षणको कारण:
कम्पनीले इलामको जोगमई खोलामा ७.६ मेगावाट आयोजना सञ्चालन गरिरहेको छ भने ५.२ मेगावाट क्षमताको क्यासकेड आयोजना निर्माणाधीन अवस्थामा छ।
क्रेडिट रेटिङ BB+ पाएको यस कम्पनीको प्रतिसेयर नेटवर्थ रू. १२४ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस