फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
संस्थाले एक सूचना जारी गर्दै संस्थाकै विद्यमान संस्थापक सेयरधनीका लागि ३ लाख ६२ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशति भएको आज जेठ १ गतेको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ। संस्थाले तोकिएको यस समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस