फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत घरायसी कारण उल्लेख गर्दै उनले दिएको राजीनामा कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कृष्णप्रसाद भट्टराईलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस