Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ११ : ०१ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक  सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।

३ लाख ६२ हजार कित्ता  संस्थापक सेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्चको नाममा रहेको फरवार्ड माइक्रोफाइनान्सको सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना जारी गरी सेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिएको हो।

अब यो सेयर खरिदका लागि असार १५ गतेसम्म निवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको