फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३९ हजार ४५१ कित्ता संस्थापक सेयर लिलामी (अक्सन) मार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३८७.०३ निर्धारण गरेको छ। अक्सनमा संस्थापक सेयरधनी, सर्वसाधारण तथा संगठित संस्थासमेतले भाग लिन सक्नेछन्।
बोलपत्र पेश गर्दा कम्तीमा १ हजार कित्ता माग गर्नुपर्नेछ भने अधिकतम १०० निःशेष जाने भाग गरी वा सबै कित्ता माग गर्न सकिनेछ। न्यूनतम बोलपत्र पेश गर्नका लागि ३ लाख ८७ हजार ३० रुपैयाँ लाग्नेछ। बोलपत्र फाराम तथा पेश गर्ने स्थान काठमाडौं, कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक खरीदकर्ताले भदौ १६ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ।
उक्त सेयर साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हो,र बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस