Like us!
Follow us!
Connect us!
Watch us!

'नीलम ढुंगानालाई महिला भएको कारण गभर्नर बनाउन नमिलेको हो ?'

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १२ : ११ मा प्रकाशित

'नीलम ढुंगानालाई महिला भएको कारण गभर्नर बनाउन नमिलेको हो ?'

प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद अमरेश सिंहले राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाइएन भन्ने विषयमा प्रश्न उठाएका छन्।

उनले ढुंगानालाई गभर्नर बनाउन नहुने ठोस कारण के हो भनेर सरकारसँग जवाफ माग्दै भने, 'के उनी महिला भएकै कारण गभर्नर बनाउन नमिल्ने हो? डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ?' सांसद सिंहले नीलम ढुंगाना राष्ट्र बैंककै कर्मचारी भएकोले पनि गभर्नर हुन नसकिने भन्ने धारणा आपत्तिजनक भएको बताए। उनले थपे, 'के अब पार्टी कार्यकर्तामात्रै नियुक्त गर्नुपर्ने हो?'

महाप्रसाद अधिकारीको अवकाशअघि नै नयाँ गभर्नर किन नियुक्त नगरिएको भन्ने प्रश्न पनि उनले उठाएका छन्। सिंहले सरकारलाई ऐनको उल्लंघन गर्ने छुट नभएको चेतावनीसमेत दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको