नेपाल स्टक एक्सचेन्जमा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।
बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँ २२ पैसाको आधारमा कम्पनीको मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको सेयरमूल्य २८९ रुपैयाँ ११ पैसा कायम भएको छ । अब सोही मूल्यलाई आधार मानेर आइतबार यस कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस