Like us!
Follow us!
Connect us!
Watch us!

बल्ल आयो नेपाल पुनर्बीमा कम्पनीको प्रथम त्रैमासको रिपोर्ट, ईपीएस ०.४७ रुपैयाँ ,अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, १० : १९ मा प्रकाशित

बल्ल आयो नेपाल पुनर्बीमा कम्पनीको प्रथम त्रैमासको रिपोर्ट, ईपीएस ०.४७ रुपैयाँ ,अन्य सूचक कस्ता ?

नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास ((साउन–असोज) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समयमा पहिलो त्रैमासको विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले पहिलो त्रैमाससम्ममा ६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीको हालको सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ छ। स्पेसल रिजर्भमा ४ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ७७ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ७९ करोड २२ लाख रुपैयाँ रहेको छ। यी सबै कोषहरूमा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्ध देखिएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ रहेको छ।

बीमा शुल्क आर्जनमा पनि कम्पनीले प्रगति गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.५५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष  कम्पनीको कुल बीमा शुल्क १ अर्ब ४३ करोड ४७ लाख रहेको थियो।

यस्तै,कम्पनीको खुद बीमाशुल्क आर्जनमा समेत ३८.४२ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। चालु वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष सोही अवधिमा खुद बीमाशुल्क आर्जन १ अर्ब २८ करोड २० लाख रुपैयाँ रहेको थियो।

प्रतिसेयर आम्दानी (EPS) पनि सुधार भएको देखिएको छ। गत वर्ष ३.७१ रुपैयाँले ऋणात्मक EPS देखिएकोमा यस वर्ष ०.४७ रुपैयाँमा कायम भएको छ। प्रतिसेयर नेटवर्थ १४५.५४ रुपैयाँ छ भने पी/ई रेसियो उच्च १७६०.३० गुणामा पुगेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको