Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिकी सञ्चालक दिनुका पोख्रेलले दिइन् राजीनामा

अर्थ संसार

सोमबार, १२ साउन २०८२, ११ : ४३ मा प्रकाशित

नेपाल रिकी सञ्चालक दिनुका पोख्रेलले दिइन् राजीनामा

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) की सञ्चालक दिनुका पोख्रेलले पदबाट राजीनामा दिएकी छन्।

दिनुका पोख्रेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ अन्तर्गत नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताहरूको प्रतिनिधित्व गर्दै आएकी थिइन्। तर, उनले साउन २ गते पारिवारिक, व्यक्तिगत तथा स्वास्थ्य समस्याका कारणले पदबाट राजीनामा दिएको पत्र बुझाएकी थिइन्। उक्त राजीनामा पत्रलाई साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको