नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (जेठ ५ गते, आइतबार) आफ्नो १८औँ वार्षिक साधारण सभा गर्दैछ। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीको बैंशाख ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मिति र स्थान तोकेको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक विवरणहरू (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरू) माथि छलफल गरी पारित गरिनेछ।
त्यस्तै, पूर्व मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८० सालको श्रावण १ देखि फागुन २९ गतेसम्मको लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरूलाई समेत साधारण सभाले अनुमोदन गर्नेछ।
सभाले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र उनको पारिश्रमिक तोक्ने प्रस्तावमाथि समेत निर्णय गर्नेछ।
यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव, साथै नियामक निकायको निर्देशन अनुसार आवश्यक परे थप संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस