Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक स्थगित:ओली-देउवा भेट आजै

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १८ : ५५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठक स्थगित:ओली-देउवा भेट आजै

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ गठबन्धनका साझेदार नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाबीच आज भेटघाट हुने तयारी छ। यसभित्र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सहमति कायम गर्न छलफल हुने बताइएको छ।

प्रधानमन्त्री निकटका एक जानकारले भेटवार्ताको पुष्टि गर्दै यो छलफल केहीबेरमा सम्पन्न हुने बताएका छन्। यसैगरी, सोमबार नियमित रूपमा हुने मन्त्रिपरिषद् बैठक आज नहुने निर्णय भएको छ। प्रधानमन्त्रीको सचिवालयले बैठक स्थगित भएको जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको