Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको निर्देशनपछि बालेनको प्रतिक्रिया: “म तपाईंको भ्रष्ट सिस्टममा छैन”

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, २० : ४२ मा प्रकाशित

ओलीको निर्देशनपछि बालेनको प्रतिक्रिया: “म तपाईंको भ्रष्ट सिस्टममा छैन”

गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बैठकमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि ओलीले असन्तुष्टि जनाउँदै आगामी बैठकमा उनको नाम नराख्न निर्देशन दिएका थिए।

उक्त निर्देशनप्रति मेयर बालेनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका छन्। सोमबार साँझ सार्वजनिक गरिएको आफ्नो स्टाटसमा बालेनले प्रधानमन्त्री ओलीको 'भ्रष्ट प्रणाली'प्रति कडा असन्तुष्टि जनाउँदै आफू त्यसप्रकारको कार्यक्रममा नजानु उचित रहेको बताएका छन्।

बालेनले लेखेका छन्,
"जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? Sorry KP Oli, I don’t support your corrupt system "

प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए,
"कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने। अर्कोपल्टसम्म सोधिखोजी गर्नुहोला। हेर्नुहोला रेकर्डमा को-को एकपल्ट पनि आउँदैन। रेकर्ड हेरेर आउने हो कि होइन सोधेर, आउन नसक्ने भए नाम नराख्नू।"

उनले अर्थ र महत्त्व नबुझ्नेहरूको नाम निरन्तर झुण्ड्याइरहने कार्य गलत भएको पनि टिप्पणी गरेका थिए।

प्रधानमन्त्रीको आलोचना र त्यसपछि आएको बालेनको सार्वजनिक टिप्पणीले गणतन्त्र दिवसको मूल समारोह समितिमा मेयरको भूमिकाबारे बहसको स्थिति सिर्जना भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको