Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ समितिको बैठक आज: बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा सरोकारवालासँग छलफल हुने

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०८ : १६ मा प्रकाशित

अर्थ समितिको बैठक आज: बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा सरोकारवालासँग छलफल हुने

 आज प्रतिनिधिसभाका दुई संसदीय समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उद्योग हित समितिको बैठक बस्दैछ ।

आज बिहान १२ बजेबस्ने अर्थ समितिको बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको