नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा भइरहेको अवैध असुली कार्य राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो विषय सामान्य भ्रष्टाचारको घटना मात्र नभई संगठित मानव तस्करीसँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर मुद्दा भएको आरोप लगाए।
उनका अनुसार, अख्तियारले मुख्य आरोपीको रूपमा पहिचान गरेको तीर्थ भट्टराई गृहमन्त्री रमेश लेखककै सक्रियतामा विदेश पठाइएको थियो, र मन्त्रीको सचिवालय नै सो घटनासँग प्रत्यक्ष रूपमा संलग्न रहेको छ। पुनले गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने र अनुसन्धानमा सहयोग पुर्याउनुपर्ने माग राखे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस