Like us!
Follow us!
Connect us!
Watch us!

भिजिट भिसा प्रकरण भ्रष्टाचारमात्रै होइन मानवतस्करी हो - रास्वपा सांसद

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १३ : ४९ मा प्रकाशित

भिजिट भिसा प्रकरण भ्रष्टाचारमात्रै होइन मानवतस्करी हो - रास्वपा सांसद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणलाई केवल भ्रष्टाचारको मामला होइन, संगठित मानवतस्करीको गम्भीर विषय भएको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मानवतस्करीसम्बन्धी उजुरीको अनुसन्धान नगरी गृह प्रशासनले उल्टै त्यसलाई संरक्षण गरेको आरोप लगाए।

पराजुलीका अनुसार अध्यागमन कार्यालयमार्फत भिजिट भिसाको नाममा नेपाली नागरिक बेचबिखन भइरहेको घटनामा राज्यका निकाय नै संलग्न देखिएका छन्। त्यसकारण गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमा सीमित रहन नसक्ने उनको भनाइ छ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीहरूलाई जोगाउन रातारात सरुवा गरेको आरोपसमेत लगाए।

पराजुलीले गृहमन्त्री लेखकमाथि शंकाको दायरा फराकिलो भएको उल्लेख गर्दै, राजीनामा गराएर उनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

यस प्रकरणमा सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरिनुपर्ने उनको माग छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको