Like us!
Follow us!
Connect us!
Watch us!

बजेट पेस गर्न मात्र सदन खुला,अन्य कुनै कार्यसूची अघि बढ्न दिदैनौं - माओवादी

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १३ : ४६ मा प्रकाशित

बजेट पेस गर्न मात्र सदन खुला,अन्य कुनै कार्यसूची अघि बढ्न दिदैनौं -  माओवादी

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत रहेको बताएका छन्।

प्रतिनिधि सभामा विपक्षी दलको तर्फबाट बोल्दै उनले संविधान कार्यान्वयनको क्रममा आफूहरू इमानदार रहेको जनाउँदै बजेट पेस प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे।

'संविधान कार्यान्वयनमा हाम्रो प्रतिबद्धता छ, त्यसैले आजको आर्थिक सर्वेक्षण र बजेट पेस गर्न सदन अगाडि बढ्न दिइनेछ,' पाण्डेले भने, 'तर अन्य कुनै कार्यसूची अघि बढ्न दिने छैनौं, गृहमन्त्रीको राजीनामाको मागबाट पछि हट्दैनौं।'

उनले बजेटजस्तो संवैधानिक कार्यलाई बाधा नपुर्‍याउने तर सरकारलाई गलत आचरणमा छुट नदिने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको