नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।
बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका लेखकले राजीनामा नदिएसम्म अवरोध जारी राख्ने निर्णय गरेको सचिव लिलामणि पोरखेलले जानकारी दिए ।
पोखरेलले भने, 'राजीनामा नदिएसम्म संसद अवरोध जारी रहनेछ।'
माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले लामो समयदेखि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। तर, जेठ १५ गते तर्फबाट बजेट प्रस्तुत गर्दा सहजताको लागि प्रतिपक्षीहरूले संसद अवरुद्ध नगर्ने सहमति गरेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस