Like us!
Follow us!
Connect us!
Watch us!

भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १४ : ५४ मा प्रकाशित

भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको आजको बैठक बस्न नपाउँदै स्थगित गरिएको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा अडिग रहेका विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक स्थगित गरिएको हो। संसद सचिवालयले सूचना टाँस गर्दै बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिएको छ।

आज बिहान ११ बजेका लागि तय गरिएको बैठक पछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो, तर अन्ततः सुरु हुनुअघि नै स्थगित गरिएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा विगतका गृहमन्त्रीहरूको कार्यकालसमेत समेट्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, छानबिन प्रक्रिया अघि बढाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने, र आयोग गठनबारे प्रधानमन्त्री स्वयंले सदनमा प्रतिबद्धता जनाउनुपर्ने माग राखेका छन्।

सत्तापक्ष ती प्रस्तावमा सहमत नदेखिएपछि बैठक सारिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको