Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १० : ५४ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ६७ अंकले घटेर २६२९ दशमलव २२ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०५ अंकले घटेर ४४९ दशमलव २१ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । 

आजको प्रि ओपन सेसनमा ५४ कम्पनीका ५१ हजार १०२ कित्ता सेयर १०५ पटक खरिद बिक्री हुँदा १ करोड ५९ लाख ५३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको