साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छायको छ । अघिल्ला दिनहरुमा घटेर कारोबार भइरहेको बजार आज २३ दशमलव ०९ अंकले बढेर २६५३ दशमलव ०९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४४ अंकले बढेर ४५१ दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको मूल्य बढेको छ भने ३ वटा उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्से परिसूचक उच्च अंकले बढेको दिन सेयर बजारमा साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२४ कम्पनीका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ७८ हजार ८४८ पटक खरिद बिक्री हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस