Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १० : ४६ मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ६४ अंकले घटेर २६७७ दशमलव ५२ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३७ अंकले घटेर ४५६ दशमलव ३९ विन्दुमा पुगेको छ । आजको यो सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

बुधबारको प्रि ओपन सेसनमा ४३ कम्पनीका ४ हजार ९७२ कित्ता सेयर ७० पटक खरिद बिक्री हुँदा २४ लाख ६४ हजार ५३३ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको