एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको १९ औं वार्षिक साधारणसभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि सुरु भएको हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने छ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाका लागि समेटिएका छन् । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गरिसकेकाले जेठ २१ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस