Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, साढे २ करोडको कारोबार

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १० : ५८ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, साढे २ करोडको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ७५ अंकले बढेर २६६५ दशमलव २२ विन्दुमा पुगेको हो । 

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १५ अंकले बढेर ४५६ दशमलव २४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य घटेको छ । 

आजको प्रि ओपन सेसनमा साढे २ करोड भन्दा माथिको कारोबार भएको छ । आजको उक्त सेसनमा ४२ कम्पनीका ४८ हजार ४४२ कित्ता सेयर ७८ पटक खरिद बिक्री हुँदा २ करोड ५६ लाख ६७ हजार ४२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको