Like us!
Follow us!
Connect us!
Watch us!

लिफ्ट जडानमा अनियमितता गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १५ : ०४ मा प्रकाशित

लिफ्ट जडानमा अनियमितता गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सामाजिक अभियन्ता युवराज सफलले बिना प्रतिस्पर्धा करोडौं रुपैयाँ बराबरको लिफ्ट जडान गरेको आरोप लगाउँदै उजुरी दिएका हुन्।

उनको उजुरीमा उल्लेख अनुसार, 'बालेन्द्र साहले केही महिनाअघि कुनै टेन्डर, कोटेसन वा प्रतिस्पर्धा प्रक्रियाबिना करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट महानगरमा जडान गरेका छन्।' महानगर स्रोतका अनुसार उक्त लिफ्ट विशेषत: मेयर साहकै प्रयोगका लागि जडान गरिएको दाबी गरिएको छ।

सफलले नयाँ लिफ्ट जडानको विरोध नभई सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ को विपरीत अपारदर्शी रूपमा खरिद भएकोप्रति आपत्ति जनाएका छन्। उनले यस्तो क्रियाकलापले सार्वजनिक धनको दुरुपयोग हुने भन्दै अख्तियारमा छानबिनको माग गरेका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको