Like us!
Follow us!
Connect us!
Watch us!

माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन :- प्रचण्ड

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १६ : ०७ मा प्रकाशित

माओवादी कांग्रेस-एमाले जस्तो बिचौलियाको पक्षमा काम गर्ने पार्टी होइन :- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेलाई दलालका पक्षमा काम गर्ने पार्टीका रूपमा आरोप लगाएका छन्। मुस्ताङमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी अरू राजनीतिक दलहरूभन्दा फरक रहेको जिकिर गरे।

प्रचण्डले भने, 'माओवादी अरूजस्तो पार्टी होइन। हामी जनताको हितका लागि काम गर्छौं, तर कांग्रेस र एमाले भने बिचौलिया र दलालका लागि काम गरिरहेका छन्।'

उनले माओवादीका नेता तथा कार्यकर्ताहरूलाई गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न, जनताको आत्मसम्मान जोगाउन र समस्याको समाधानमा सक्रिय भूमिका खेल्न निर्देशन दिए।

मुस्ताङको विकासलाई प्रमुख उद्देश्यको रूपमा अघि सार्दै उनले माओवादी केन्द्रले यस जिल्लालाई ‘नमूना जिल्ला’ बनाउने स्पष्ट योजना बनाएको बताए। 'हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनताका समस्या बुझेका छौं,'उनले भने, 'अब ती समस्याको समाधानमा इमानदारीपूर्वक लाग्न जरुरी छ।'

भौगोलिक कठिनाइका बीच मुस्ताङको समृद्धिका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको