Like us!
Follow us!
Connect us!
Watch us!

संसद बैठक आज : अर्थमन्त्रीको वक्तव्य तयारी तर विपक्षीको विरोध कायमै

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, ०६ : ३८ मा प्रकाशित

संसद बैठक आज : अर्थमन्त्रीको वक्तव्य तयारी तर विपक्षीको विरोध कायमै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कार्यक्रम रहेको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

तर, प्रतिपक्षी दलहरूको निरन्तर अवरोध कायमै रहेकाले बैठक प्रभावित हुने सम्भावना उच्च रहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले बैठक अवरुद्ध गर्दै आएका छन्।

उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद चल्न दिइरहेका छैनन्। जेठ १३ गतेदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको संसद आजको बैठकबाट अघि बढ्छ वा फेरि अवरुद्ध हुन्छ भन्नेमा चासो बढेको छ।

सभामुख देवराज घिमिरेले अघिल्ला बैठकहरूमा अवरोध कायम रहेपछि बैठक स्थगन गर्दै आउनुभएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको