Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १० : ४० मा प्रकाशित

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको प्रि ओपनसेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ७७ अंकले घटेर २६५४ दशमलव ६१ विन्दुमा पुगेको हो । 

आइतबारको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १३ अंकले घटेर ४५३ दशमलव ९५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । 

आजको प्रि ओपन सेसनमा ४९ कम्पनीका ७ हजार ७८१ कित्ता सेयर ८२ पटक खरिद बिक्री हुँदा ३७ लाख २० हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको