प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले छलकपट गर्दै दुई बुँदे सहमति गरेको आरोप लगाउँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसदमा आफूहरूको विरोध यथावत् रहने बताएका छन्।
‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पुर्याउन ठोस पहल आवश्यक छ,’ परियारले भने, ‘हाम्रा मागहरूको सुनुवाइ नभएसम्म संसदमा अवरोध जारी रहनेछ।’
त्यस्तै, माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सहमति गरेर मात्रै अवरोध खुलाउन सहमति जनाएको र त्यसमा रास्वपालाई बेवास्ता गरिएको रास्वपाको गुनासो छ। सभामुख देवराज घिमिरेले भने रास्वपालाई पनि सहमत गराउन पहल जारी राखेका छन्। रास्वपासँग संवाद चलिरहेकै कारण संसद बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो। सभामुख घिमिरेले आज बिहान रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन्। उनले संसदमा जारी अवरोध अन्त्य गरी बजेटमाथि छलफल अघि बढाउन संवैधानिक बाध्यता रहेको बताउँदै दलहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस