नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपछि कम्पनीको सेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४९१ रुपैयाँ ७० पैसाका आधारमा निर्धारण गरिएको हो।
समायोजित मूल्यलाई आधार मानेर आजदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस