असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका राप्रपाका सांसदहरूले सो दिनको बैठक भत्ता नलिने निर्णय गरेका छन्। प्रमुख सचेतक ज्ञानेन्द्र शाहीद्वारा संसद सचिवालयमा पठाइएको पत्रमा संसदीय दलले नैतिकता र सिद्धान्तको आधारमा बैठकबापतको भत्ता नलिने निर्णय गरेको उल्लेख गरिएको छ।
पत्रमार्फत् बैठकको भत्ता सरकारको राजस्व खातामा फिर्ता गर्ने प्रक्रिया मिलाउन आग्रह गरिएको छ।
भिजिट भिसा प्रकरणका कारण विपक्षी दलले सदन अवरुद्ध गरिरहेको बेला जबर्जस्ती बैठक सञ्चालन गरिएको भन्दै राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो। प्रतिनिधिसभामा राप्रपाका १३ जना सांसद छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस