Like us!
Follow us!
Connect us!
Watch us!

शक्ति बस्नेत बोल्दा सूर्य थापाको आपत्ति भने- हामी रत्नपार्कमा छौं ? मैले बुझ्न सकिनँ

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १४ : ४८ मा प्रकाशित

शक्ति बस्नेत बोल्दा सूर्य थापाको आपत्ति भने- हामी रत्नपार्कमा छौं ? मैले बुझ्न सकिनँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले प्रतिनिधिसभामा बजेटमाथिको छलफलको क्रममा बोलेका बेला सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन्।

सांसद थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई लक्षित गर्दै बजेट छलफलको मर्यादा र सदनको वातावरणबारे प्रश्न उठाएका थिए। उनले भने, 'हामी बजेटमाथि छलफल गरिरहेका छौं। यस्तो छलफलका बेला बैठक कसरी सञ्चालन हुनुपर्छ? कस्तो मर्यादामा चल्नुपर्छ? के हामी रत्नपार्क, सहिद गेट, कलंकी वा पोखराको चिप्ले ढुंगामा छौं? मलाई बुझ्न गाह्रो भयो।'

साथै, थापाले वेल घेरेर बसेका रास्वपा सांसदहरूलाई लक्षित गर्दै उनीहरू कुर्सी रोइरहेका जस्ता टिप्पणीसमेत गरे। उनको भनाइपछि रास्वपाका सांसदहरूले नाराबाजी गर्दै आफूहरू आन्दोलनमा रहेको स्पष्ट पारे।

यस घटनापछि सभामुख देवराज घिमिरेले उक्त विषयमा ध्यानाकर्षण भएको जनाउँदै सांसद शक्ति बस्नेतलाई पुनः बोल्न अनुमति दिएका थिए।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको