रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको नाममा राज्य संयन्त्रकै मिलेमतोमा मानव बेचबिखन भइरहेको आरोप पुनः दोहोर्याउँदै छानबिनको माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै परियारले 'राज्य जनताको लागि हो कि शासकहरूको लागि?' भनेर प्रश्न उठाए। उनले आफ्नै नागरिकलाई तस्करी गर्ने राज्यप्रति जवाफदेहिता कसले सुनिश्चित गर्ने? भन्ने प्रश्नसमेत दोहोर्याए।
सङ्ख्याको घमण्ड नगर्न चेतावनी दिँदै उनले यो विषयमा रास्वपा गम्भीर रूपमा लागेको बताए। गृह प्रशासनकै संलग्नतामा मानव तस्करी भइरहेको दाबी गर्दै परियारले सरकारको ध्यानाकर्षण गराए। साथै, 'हामी कराइरहेका छौं, तर बल प्रयोग गरेर संसद् नचलाउनू,' भन्दै उनले सत्ता पक्षलाई सचेत गराए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस