Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको शिर निहुरिसक्यो,देशको नेतृत्वमा प्रचण्डको विकल्प छैन-अग्नि सापकोटा

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १६ : ३० मा प्रकाशित

एमालेको शिर निहुरिसक्यो,देशको नेतृत्वमा प्रचण्डको विकल्प छैन-अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प जनताले नरहेको स्पष्ट बुझिसकेको दाबी गरेका छन्।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सापकोटाले हालै सम्पन्न अभियानका क्रममा विभिन्न जिल्लामा पुगेका बेला जनताबाट यही सन्देश प्राप्त भएको बताएका हुन्।

उनले नेपाली कांग्रेसलाई सामन्तवादी प्रवृत्तिको पार्टीको रूपमा व्याख्या गर्दै त्यहाँबाट जनताले खासै आशा नगरेको टिप्पणी गरे। एमालेका कार्यकर्ता र नेताहरू जनसम्पर्कमा असहज र रक्षात्मक अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, 'हामी जहाँ जहाँ गयौं, एमाले कार्यकर्ताहरूको शिर निहुरिएको छ। उनीहरू अत्यन्त रक्षात्मक छन्। अहिले मैदान हामीलाई खाली छ।”

सापकोटाले कांग्रेस र एमालेका निर्वाचित जनप्रतिनिधिहरू समेतले माओवादी केन्द्रले नै भविष्यमा नेतृत्व लिनुपर्ने र त्यसका लागि प्रचण्डको विकल्प नरहेको धारणा बनाइसकेको दाबी गरे। 'हामीले त बुझिसकेका थियौं, जनताले पनि बुझिसकेका रहेछन्। हाम्रो स्वागत र जनसम्पर्कका क्रममा त्यो अभिव्यक्त भइरहेको छ,' उनले भने।

कार्यक्रममा उनले सहिद परिवार, घाइते तथा अपाङ्ग व्यक्तिहरूलाई सम्मानपूर्वक पार्टीको केन्द्रमा राख्न कार्यकर्तालाई निर्देशन दिए। साथै, युद्धकालीन बेपत्ता व्यक्तिहरूलाई पनि सहिदको दर्जा दिँदै, उनीहरूको सपना पूरा गर्न समाजवादको स्थापना अनिवार्य रहेको बताएका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको