Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा एक घण्टामा २ अर्ब माथिको कारोबार, १ कम्पनीमा सकारात्म र एउटामा नकारात्मक सर्किट

अर्थ संसार

बुधबार, ०४ असार २०८२, १२ : ०६ मा प्रकाशित

सेयर बजारमा एक घण्टामा २ अर्ब माथिको कारोबार, १ कम्पनीमा सकारात्म र एउटामा नकारात्मक सर्किट

आजका सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टामा नेप्से परिसूचक ७ दशमलव ३४ अंकले बढेर कारोबार भइरहेको छ । पहिलो एक घण्टाको समयमा सेयर बजारमा २ अर्ब माथिको कारोबार भएको छ भने एउटा कम्पनीमा सकारात्मक र एउटा कम्पनीमा नकरात्मक सर्किट लागेको छ । 

बुधबारको पहिलो एक घण्टाको कारोबार अवधिमा सेयर बजारमा २ अर्ब ७ करोड ८० लाख २६ हजार ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा ७४ लाख १५ हजार ५८८ कित्ता सेयर कारोबार भएको छ । यो अवधिमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको