आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोबार भएको छ । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ७२ अंकले घटेर २६५० दशमलव ९६ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ०६ अंकले बढेर ४५२ दशमलव ५६ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको घटेको छ । त्यस्तै २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आजको प्रि ओपनमा ५० कम्पनीका १२ हजार ३९ कित्ता सेयर १०५ पटक खरिद बिक्री हुँदा ५३ लाख २६ हजार ४०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस