रास्वपाकी सांसद सोविता गौतमले संसदमा आज प्रधानमन्त्रीसमक्ष बोल्न खोज्दा सभामुखले अनुमति नदिएको गुनासो गरेकी छन्। बैठक बहिष्कारपछि संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सांसदहरूको आवाज नसुनेको आरोप लगाइन्।
उनले भनिन्, 'सदन जनताको आवाज उठाउने थलो हो भन्ने मान्यता छ। हामी आज जनताको प्रश्न लिएर उठेका थियौं। तर हाम्रो कुरा सुन्ने मनसाय नै छैन भने सदनको औचित्य के रहन्छ?'
गौतमका अनुसार, आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो र रास्वपाका सांसदहरूसँग सोध्नुपर्ने प्रश्नहरू पनि थिए। 'हामीले कार्यक्रम चलाउन नदिउँ भनेका होइनौं, हामी पनि प्रत्यक्ष रूपमा प्रधानमन्त्रीसँग कुरा राख्न चाहन्थ्यौं। तर उहाँले जबाफदेही भएर सुनुभएन,' उनले भनिन्।
उनले सदनमा लगातार बेवास्ता हुँदा आफूहरू बैठक बहिष्कार गरेर बाहिरिनु परेको स्पष्ट पारिन्। 'पटक–पटक बोल्दा पनि हामीलाई नसुन्ने हो भने हाम्रो स्थान रहेन रहेछ भन्ने ठानेर हामी आज सदनबाट बाहिरिएका हौं,' गौतमले भनिन्, 'अब जनतामाझ जानुको विकल्प बाँकी छैन।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस