Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको वार्षिक साधारणसभा असार ३० गते

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ०८ : ५३ मा प्रकाशित

अभियान लघुवित्तको वार्षिक साधारणसभा असार ३० गते

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गते (२०२५ जुन १४) काभ्रेको पनौतीमा पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह १२:३० बजे सुरु हुनेछ।

कम्पनीले साधारणसभामा अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभिने (मर्जर) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार दिने विशेष प्रस्ताव पेश गर्नेछ। मर्जरका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने अवस्था आएमा त्यससमेत गर्न पाइनेगरी प्रस्ताव ल्याइनेछ।

सभाले वित्तीय वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत एजेन्डामा राखिएको छ।

तर, यो वर्ष कम्पनीले कुनै लाभांश प्रस्ताव गरेको छैन।

साधारणसभाका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने जनाएको छ। असार १५ गतेसम्म नेप्सेमा शेयर किनेका शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको