Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको १०औं वार्षिक साधारणसभा असार २८ गते, समाज लघुवित्तसँग मर्जर प्रस्ताव पेश हुँदै

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ०८ : ५८ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको १०औं वार्षिक साधारणसभा असार २८ गते, समाज लघुवित्तसँग मर्जर प्रस्ताव पेश हुँदै

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारणसभा यही असार २८ गते बुटवलस्थित आफ्नो प्रधान कार्यालयमा बिहान ११ बजेका लागि तय गरेको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

सभामा विशेष प्रस्तावअन्तर्गत ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभिने (मर्जर) प्रस्ताव पेश गरिनेछ।

दुबै संस्थाको हालको पुँजी संरचना हेर्दा, ग्रामीण विकास लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ। मर्जर पश्चात १:१ को अनुपातमा शेयर आदानप्रदान गरिने प्रस्ताव गरिएको छ। त्यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

सभा तथा मर्जर प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। सो आधारमा असार १२ गतेसम्म नेप्सेमा शेयर किन्ने लगानीकर्ताहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको