Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३० गते, बोनस र हकप्रद प्रस्ताव

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ०८ : २६ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३० गते, बोनस र हकप्रद प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारणसभा आउँदो असार ३० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्ट मा बिहान १०ः३० बजे आह्वान गरेको छ। सो निर्णय कम्पनी सञ्चालक समितिको हालै बसेको बैठकले गरेको हो।

सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको कुल १०.५२६३% लाभांश पारित गर्नेछ। सो लाभांशमा १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश (कर प्रयोजनका लागि) समावेश छ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने २ अर्ब ३१ करोड रुपैयाँ चुक्तापुँजीको १०% हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि सभामा लैजानेछ। सुरुमा कम्पनीले हालको २ अर्ब १० करोड चुक्तापुँजीको १५% हकप्रद ल्याउने योजना बनाएको थियो, तर बोनस सेयर वितरणपछि हकप्रदको आकार घटाएर १०% मा झारिएको हो।

हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ, जुन नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी सीमा पूरा गर्न आवश्यक छ।

साधारणसभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परेमा नियामक निकायको निर्देशनअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, सञ्चालकहरूको नियुक्ति स्वीकृति, आर्थिक प्रतिवेदन पारित, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

साथै, कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, असार १८ गतेसम्म नाममा सेयर कायम गरेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने र सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको