Like us!
Follow us!
Connect us!
Watch us!

‘टेक एण्ड पे’ बिना योजना आयो, ऊर्जा क्षेत्रको लगानीमै जोखिम-पूर्व सचिव कार्की

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १० : २५ मा प्रकाशित

‘टेक एण्ड पे’ बिना योजना आयो, ऊर्जा क्षेत्रको लगानीमै जोखिम-पूर्व सचिव कार्की

पूर्व ऊर्जा सचिव देवेन्द्र कार्कीले सरकारले ल्याएको ‘टेक एण्ड पे’को व्यवस्था पूर्व तयारी बिनै आएको बताएका छन् । अर्थ संसारसँग कुरा गर्दै टेक एण्ड पे को व्यवस्था लागू गर्नु पर्ने भए पनि सरकारले कुनै पनि योजना नबनाएर हतारमा ल्याएको उनले बताएका हुन् ।

सरकारले निजी क्षेत्रलाई पनि विद्युत बिक्री र प्रसारण लाइन बनाउनका लागि लाइसेन्स दिएर त्यस पछि मात्रै ‘टेक एण्ड पे’ को व्यवस्था ल्याउनु पर्ने भए पनि कुनै तयारी बिना आएको उनले बताए । ‘निजी क्षेत्रलाई प्रसारण लाइन र विद्युत बिक्री गर्ने लाइसन्स दिएर टेक एण्ड पे आएको भए विरोध हुने थिएन् । तर विद्युत बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण मात्रै हुने अवस्थामा यो व्यवस्था आउँदा लगानी जोखिममा पर्छ,’ उनले भने ।

विद्युत प्राधिकरणले उत्पादीत विद्युत खरिद नगर्ने र निजी क्षेत्रलाई पनि विद्युत बिक्रीको लागि अनुमति नहुने अवस्थामा ऊर्जा क्षेत्रमा ठूलो असर गर्ने पूर्व सचिव कार्कीले भने । विद्युत बिक्रीको सुनिश्चितता नहुँदा लगानीकर्ताको लगानी जोखिममा पर्ने र बैंकहरुले पनि लगानी नगर्ने अवस्थामा यो क्षेत्र नै संकटमा पर्ने अवस्था आउने उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको