Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ‘शिक्षकका माग पूरा भएनन्’ भन्ने बहाना नबनाओस् भनेर संसद्को अवरोध हटायौं - प्रचण्ड

अर्थ संसार

सोमबार, ०९ असार २०८२, ११ : ३७ मा प्रकाशित

सरकारले ‘शिक्षकका माग पूरा भएनन्’ भन्ने बहाना नबनाओस् भनेर संसद्को अवरोध हटायौं - प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग खुमलटारस्थित आफ्नै निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डले सरकार शिक्षकप्रति जिम्मेवार बन्नुपर्ने स्पष्ट पारेका हुन्। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकार शिक्षकहरूसँग भएका सहमतिहरू कार्यान्वयन गर्न उदासीन देखिएको गुनासो गरेका थिए। साथै, उनीहरूले सहमति कार्यान्वयनका लागि विपक्षी दलको मजबुत समर्थनको अपेक्षा रहेको बताएका थिए।

जवाफमा अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्नेमा जोड दिएका छन्। साथै, प्रारम्भिक बालविकास कक्षालाई विद्यालयको औपचारिक संरचनाभित्र समावेश गर्नुपर्ने आफ्नो धारणा पनि व्यक्त गरेका छन्।

उनको सचिवालयका अनुसार प्रचण्डले भनेका छन्, 'हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारले ‘शिक्षकका माग पूरा भएनन्’ भन्ने बहाना नबनाओस् भनेर गरेका हौं।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको