Like us!
Follow us!
Connect us!
Watch us!

सरकार नीतिगत सुधारमै केन्द्रित होस्, म नेतृत्व गर्न तयार छु:- गगन थापा

अर्थ संसार

सोमबार, ०९ असार २०८२, १३ : ५६ मा प्रकाशित

सरकार नीतिगत सुधारमै केन्द्रित होस्, म नेतृत्व गर्न तयार छु:- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई नीतिगत सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिएका छन्।

काठमाडौंमा आयोजित 'नेपालमा पर्यटनको सम्भावना' विषयक बहसमा बोल्दै थापाले सरकारले आफ्नो दैनिक कार्य सञ्चालनमा स्पष्ट दिशा लिनु आवश्यक रहेको बताएका हुन्।

उनका अनुसार, पछिल्लो समय अध्यादेशमार्फत केही कानुनी प्रक्रियाहरू सहज भए पनि स्थायी समाधान नीतिगत सुधारबाट मात्र सम्भव हुन्छ। थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापतिसँगको पछिल्लो भेटमा पनि यही विषयमा जोड दिएको उल्लेख गरे।

'सरकारको काम सरकारमै बस्ने साथीहरूले गर्नुपर्छ। बाहिरकाले सरकारको जिम्मा लिँदैनन्, लिनु पनि हुँदैन,' उनले भने, 'तर सरकारसँग सम्बद्ध भएकाहरूले नीतिगत सुधारमा संलग्न भएर काम गर्नुपर्छ। म यसैमा योगदान गर्न चाहन्छु, नेतृत्व गर्न चाहन्छु, मेहनत गर्न चाहन्छु।'

सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै थापाले यस क्षेत्रमा पहिल्यैदेखि संलग्न रहेको र अब थप गहिरो रूपमा काम गर्न चाहेको बताए।

'मैले प्रधानमन्त्री र सभापतिलाई थप काम गर्ने वातावरण बनाइदिनुहोस् भनेको छु। उहाँहरूले पनि सकारात्मक प्रतिबद्धता जनाउनुभएको छ,' उनले स्पष्ट पारे।

महामन्त्री थापाले राजनीतिक स्थायित्व र पारदर्शिता कायम गर्दै जनतामाझ विश्वासको वातावरण बनाउने कार्यमै सरकारले आफ्नो प्राथमिकता केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको