Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपासँग पर्याप्त जानकारी र तथ्य छन्,समिति सहकारीकै मोडेलमा बनाउनुपर्छ - स्वर्णिम वाग्ले

अर्थ संसार

मंगलबार, १० असार २०८२, १३ : ११ मा प्रकाशित

रास्वपासँग पर्याप्त जानकारी र तथ्य छन्,समिति सहकारीकै मोडेलमा बनाउनुपर्छ  -  स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठन गरिएको शंकरदास वैरागी नेतृत्वको समितिलाई ‘टालटुले’को संज्ञा दिएका छन्।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै, वाग्लेले यस्तो संवेदनशील मुद्दामा बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने,'नीतिगत र प्रणालीगत पक्षमा गहिरो छानबिन गर्नुपर्ने हो भने सहकारी जस्तै मोडेलमा, वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत समिति बनाउनुपर्छ।'

वाग्लेले अहिलेको समिति नीति र प्रणाली सुधारको गहिरो कार्य गर्न सक्षम नहुने भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए।

उनको भनाइमा, 'अख्तियारले भ्रष्टाचार र लुटजस्ता प्रष्ट विषय हेर्ने हो, तर नीतिगत समस्या समाधान गर्न अझ फराकिलो छानबिन आवश्यक छ।' वाग्लेले रास्वपाले जेठ १३ गतेदेखि नै भिजिट भिसा प्रकरणमा आवाज उठाउँदै आएको र २५ गतेसम्मको सेटिङको प्रमाण पनि आफूहरूसँग भएको दाबी गरे।  उनले स्पष्ट रुपमा भने, 'रास्वपा नयाँ पार्टी हो, तर बेवकुफ होइन। हामीसँग पर्याप्त जानकारी र तथ्य छन्, त्यसैले टालटुले समिति स्वीकार्य छैन।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको