बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ५० अंकले घटेर २५९९ दशमलव ६९ विन्दुमा पुगेको हो ।
त्यस्तै उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४१ अंकले घटेर ४४४ दशमलव ७० विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबारको प्रि ओपन सेसनमा ३० कम्पनीका ७६ हजार ५०६ कित्ता सेयर ९९ पटक खरिद बिक्री हुँदा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस