मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ५७ अंकले बढेर २६३३ दशमलव ०५ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४२ अंकले बढेर ४५० दशमलव ९९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । परिसूचक बढेको प्रि ओपन सेसनमा २५ लाख भन्दा बढीको कारोबार भएको छ ।
उक्त सेसनमा ३६ कम्पनीका ४ हजार ५३६ कित्ता सेयर ६१ पटक खरिद बिक्री हुँदा २५ लाख ८४ हजार ८७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस