Like us!
Follow us!
Connect us!
Watch us!

आवश्यक कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

अर्थ संसार

बुधबार, १८ असार २०८२, ०८ : ४४ मा प्रकाशित

आवश्यक कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले अपुग भएका कागजात पेश गरेर दाबी भुक्तानी दिनका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गरेर बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

कम्पनीमा विभिन्न समयमा परेको दाबी निवेदनहरूमध्ये केहीमा कागजात अपुग भएको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीले त्यस्ता बीमितलाई कागजात सहित सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।

सूचना जारी गरेको ७ दिनभित्र पनि बीमित अपुग कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको